मानसिक रूपमा अस्वस्थ भएर मलेसियाबाट फर्किएका एक युवाको आफन्त संग पुनर्मिलन

Home >> मानसिक रूपमा अस्वस्थ भएर मलेसियाबाट फर्किएका एक युवाको आफन्त संग पुनर्मिलन

महेस आफ्नो परिवार संग

मलेसियामा अलपत्र परेर नेपाली दुतावासको सहयोगमा स्वदेश आपुगेका मानसिक समस्या भएका २४ वर्षीय महेश (नाम परिवर्तन) को आफ्नो परिवार संग पुनर्मिलन भएको छ। पीएनसीसी को अगुवाईमा, उज्यालो नेटवर्क तथा सामाजिक सञ्जालमा सार्वजानिक सुचना जारी गराइएपछि महेशका परिवारका सदस्यहरूले पीएनसीसीको आवासगृहमा सम्पर्क गरेपछि नेपाल फर्किएको २६ दिनपछि मात्र पुनर्मिलन सम्भव भएको हो।

‘दोलखाका महेश सहित सात जनालाई पुस २९ मा दूतावासले उद्धार गरेर यात्रा अनुमति बनाएर पीएनसीसीसँग समन्वय गरी नेपाल पठाएको थियो, पीएनसीसीका कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गई महेशलाई ल्याएर पीएनसीसीकै आवास गृहमा राखिएको थियो ।

यधपी, महेशमा भने मानसिक अस्वस्थताका लक्षणहरू जस्तै अब्यबस्थित तथा असामान्य ब्यवहार, फुसफुस गरिरहने तथा नग्न हुने आदी देखिएका कारण संस्थाले मनोबिमर्शकर्ता तथा मानसिक रोग विशेषज्ञ को निगरानीमा नियमित परामर्श सेवा प्रदान गरी राखिएको थियो।

मानसिक रुपमा अस्वस्थ भएर मलेसियाबाट फर्किएका उनले आफ्नो घरको ठेगानासहित आफ्नो र परिवारको बारेमा सबै कुरा बिर्सदा परिवारसम्म पुर्‍याउन समस्या भएको थियो । ‘घर सोध्दा मेरो काठमाण्डौमा चार वटा घर छ, कुन घर भनौँ भन्ने गरेको, मलेसियाको बारेमा सोध्दा अब युके र अस्ट्रेलिया घुम्न जाने हो भन्ने उनले आफ्नो नाम महेश  र घर काठमाण्डौ कै चाबहिल बताए पनि ठेगाना यकिन नहुँदा परिवार भेट्टाउन समस्या भएको थियो।

उनका आफन्त पत्ता लगाउन पीएनसीसीले उज्यालो नेटवर्क र सामाजिक सञ्जालमा सार्वजनिक सूचना जारी गरेको थियो। यो सुचना महेश गाउँलेहरूले थाहा पाए, जसले महेशका परिवारका सदस्यहरूलाई यो जानकारी गराए, फलस्वरूप उनका आफन्तहरूले उनलाई सम्पर्क गरेर उनलाई भेट्न पीएनसीसीको आवासगृहमा आए।

काम र आर्थिक स्थायित्वको खोजीमा ६ वर्ष अघि महेश मलेसिया गएका थिए। दुर्भाग्यवश, उनले आफ्नो राहदानी हराएको थिए, र राहादानी नभएको कारण उनलाई प्रहरी हिरासतमा (जे)ल पठाइएको रहेछ। एक प्रत्यक्षदर्शीले आवासगृहका कर्मचारीहरूलाई जानकारी गराएअनुसार “महेशले आफ्नो जेलर ट्याग हराएका थिए, जसले गर्दा प्रहरीले उनलाई हिंस्रक दुर्व्यवहार गरेको थियो, र त्यस पछि उनी मानसिक रूपमा अस्वस्थ हुन पुगे,” ।